बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

जवाफ फर्काउदै धेरै चुनौती नदिँदा हुन्छ हाउडेले:मेयर हर्क साम्पाङ राई

Aarya News Desk 5830  पटक हेरिएको

विराटनगर । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राईले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई जवाफ फर्काएका छन। सामाजिक सञ्जाल मार्फत मेयर राईले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई जवाफ फर्काएका हुन्।

शुक्रवार धरानमा चुनावी सभालाई सम्बोधन गर्दै कोसीको पानी धरानमा एमालेले ल्याउने नेकपा एमाले अध्यक्ष ओलीले बताएका थिए । ओलीले कोसीको पानी धरानमा एमालेले ल्याउने भन्दै मेयर छान्ने बेला आँखा देख्नु भएको थिएन भनेर प्रश्न गरेका थिए।

त्यसको जवाफमा मेयर राईले कोसीको पानी आफूले ल्याउने भन्दै धेरै चुनौती नदिन ओलीलाई जवाफ फर्काएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ग्यासको पाइप घर घरमा पुयाएर पानी जहाजमा नेपालीलाई सयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ !

म ल्याउँछु पानी कोसीको १ धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’ मेयर राईले एमाले अध्यक्ष ओलीलाई हाउडेको भएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-११ , समय : २०:५५:३४ , ४ वर्ष अगाडि

error: Content is protected !!