बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पैसा चढाउँदै भोट माङदै उमेदवार

आर्य न्युज 2152  पटक हेरिएको

काठमाडौँ १९ बैशाख । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि भोट माङ्ग्न गएका एक उम्मेदवारले मतदाताहरुको पाउमा पैसा चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

 

प्रकाशित मिति: २०२२-०५-०२ , समय : १३:०८:३२ , ३ वर्ष अगाडि

error: Content is protected !!