बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने:प्रधानमन्त्री देउवा

Aarya News Desk 1098  पटक हेरिएको

डडेलधुरा। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनभन्दा बाहेकको सरकार बने मुलुक अझै विकासको गतिबाट पछि पर्ने बताएका छन्।

सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका देउवाले बिहीबार यस्तो बताएका हुन्। उनले सम्बोधनको अधिकांश समय नेकपा एमाले अध्यक्ष ओलीको आलोचनामा बिताएका थिए। छिमेकी मुलुकसँगको सहकार्य बिना देशको विकास नहुने तर्क उनको थियो। ‘गफ र कोरा सपनाले मात्रै देश समृद्ध बन्दैन।

त्यसका लागि छिमेकी मुलुकसँग मैत्रीपूर्ण व्यवहार क्षमता आपसी समझदारीले मात्रै मुलुक विकसित र समृद्ध बन्छ’, उनले भने। परराष्ट्रसँग कूटनीतिक सम्बन्धबाट मात्रै हालसम्मका ठूलठूला समस्या र काम हल भएको उनको भनाइ थियो।

अन्य दल र नेता लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेताको सहयोगमा आफूले सरकार र गठबन्धनको नेतृत्व लिएको उनले स्पष्ट पारे।

गृहजिल्लामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न डडेलधुरा पुगेका उनले अझै केही समयसम्म गठबन्धन रहने दाबी गरे। विकास र समृद्धिका लागि लामो समयसम्म गठबन्धन गर्नु जरुरी रहेको देउवाको भनाइ छ।

उक्त सभामा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहाँदा पनि प्रधानमन्त्री बन्नु परेको जनाए।

प्रकाशित मिति: २०२२-११-०४ , समय : १२:०६:४७ , ३ वर्ष अगाडि

error: Content is protected !!