बि.स. : २०८३ बैशाख १७, शुक्रबार

एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार; हवाई हमलाको चेतावनी

Aarya News Desk 2753  पटक हेरिएको

उत्तर कोरिया। दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो।

दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । शीर्ष दक्षिण कोरियाली अधिकारी केंग शिन-चुलले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र दक्षिण कोरियाको सीमा नजिकै खसेकोले अस्वीकार्य भएको बताएका छन् ।

उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रहार गर्नुअघि दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो। दक्षिण कोरियाका राष्ट्रपति युन सुक-युलले उत्तर कोरियाको आक्रामकताको छिट्टै जवाफ दिइने बताएका छन्।

‘दक्षिण कोरिया सियोलमा ह्यालोविनको समयमा धेरै युवाहरूको मृत्यु भएकोले दुखी छ। यस्तो कदमले उत्तर कोरियाको वास्तविक प्रकृति देखाउँछ’, उनले भने। उनले दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्ध तोड्ने कुनै पनि प्रयास सफल नहुने बताए । बीबीसी

प्रकाशित मिति: २०२२-११-०२ , समय : १२:४१:३३ , ३ वर्ष अगाडि

error: Content is protected !!