बि.स. : २०८२ माघ २७, मंगलबार

प्रदेश नम्बर एक सहित देशका पहाडी भूभागमा वर्षाको सम्भावना

Aarya News Desk 1943  पटक हेरिएको

विराटनगर। मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०८:४९:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!