बि.स. : २०८२ माघ २६, सोमबार

मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरे

Aarya News Desk 2823  पटक हेरिएको

हेटौंडा। नेकपा एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताहरुले एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। प्रतिनिधिसभा मकवानपुर-१ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरको विरोधमा उनीहरुले आज बिहान तालाबन्दी गरेका हुन्।

एमालेले यस अघि उक्त क्षेत्रमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी अध्यक्ष केपी ओलीले शनिबार उक्त निर्णय परिवर्तन गरेर राप्रपा नेपालका अध्यक्ष थापालाई सूर्य चिन्हमा चुनाव लड्ने गरी टिकट दिएका हुन्।

हेटौंडा–५ पुष्पलाल पार्क नजिक पार्टी कार्यालयमा ताला लगाउँदै कार्यकर्ताहरुले पार्टी केन्द्रको थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व मौन रहेको भन्दै विरोध गरेका हुन्। मकवानपुर- १ मा तीन पटक थापालाई हराएका एमाले नेता कृष्ण दाहालले अनुकुल परिस्थिलाई प्रतिकुल बनाउने निर्णय गलत भएको बताए।

‘कहिलेकाहि परिस्थिति प्रतिकुल हुन्छ। त्यसको सामना गर्नुपर्छ र सकिन्छ। तर अनुकुल परिस्थिलाई प्रतिकुल बनाउने निर्णयप्रति खेद छ’, उनले भने, ‘आधिकारिक निर्णय कमरेड रामेश्वर रानालाई भएको हो। अहिलेको निर्णय गलत छ।

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १२:२४:१५ , ३ वर्ष अगाडि

error: Content is protected !!