बि.स. : २०८२ माघ २७, मंगलबार

बेपत्ता वडा सदस्य थापाको शव ३८ दिनपछि फेला

Aarya News Desk 1802  पटक हेरिएको

उदयपुर। गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता छन्। उनको कङ्काल बेलका नगरपालिका-८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक बनमा रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

डीएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा-२ को वडा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०२२-१०-०४ , समय : २०:३४:०१ , ३ वर्ष अगाडि

error: Content is protected !!