बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने

Aarya News Desk 2887  पटक हेरिएको

विराटनगर। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ।

महासंघ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो।

महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए। कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान र आगन्तुकलाई आवास तथा सत्कारजस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

छलफलका सहभागीले कार्यक्रम सफल पार्न महासंघमा आवद्ध सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। साधारणसभमा देशभरबाट करिब सात सय पदाधिकारी तथा प्रतिनिधि सहभागी हुने महासंघले जनाएको छ।

प्रकाशित मिति: २०२२-१०-०१ , समय : २१:२३:०२ , ३ वर्ष अगाडि

error: Content is protected !!