बि.स. : २०८२ माघ २६, सोमबार

सामुदायिक वनमा महिला र पुरुष मृतावस्था भेटिए

आर्य न्युज 2627  पटक हेरिएको

बैशाख १९ सोमवार : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्था भेटिएका छन्। आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ। प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका वडा नम्बर-५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०२२-०५-०२ , समय : ०७:४०:५१ , ४ वर्ष अगाडि

error: Content is protected !!