बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन अब सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय:अध्यक्ष कमल थापा

Aarya News Desk 1648  पटक हेरिएको

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन अब सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन् ।

मकवानपुरगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्दा पटक–पटक फेरिएको व्यवस्था आम नेपाली जनताका लागि निरर्थक सावित भएको बताए ।

उनले अब सबै दलले आर्थिक समृद्धिको साझा एजेण्डा बनाएर आगामी निर्वाचनमा जानुपर्ने सुझाव दिए । उनले भने,’ मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सबै राजीतिक दलहरुले एजेण्डा तय गरौं। विभिन्न वाद, सिद्धान्त र क्रान्तिको चर्को नाराले मात्रै जनताको जीवनस्तरमा सुधार नआउने भन्दै थापाले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

भ्रस्टाचार ,कुशासन र बेरोजगारीको दलदलमा मुलुक भाँसिएको भन्दै उनले यो डरलाग्दो चक्र तोड्नका निम्ति दुरदर्शी नीति र योजना आवश्यक भएको बताए । सत्ता र स्वार्थ केन्द्रित नेता र पार्टीले मुलुकलाई निकास दिन नसक्ने भन्दै थापाले राष्ट्रवादी सोच र चिन्तन लिन सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: २०२२-०९-२६ , समय : १४:२०:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!