बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

अझै केहि दिन मेघगर्जनसहित वर्षा हुने

आर्य न्युज 3887  पटक हेरिएको

बिराटनगर १७ बैशाख ।  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ।

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए। अहिले  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक/दुई दिन वर्षा हुने मौसमविद् बासीले बताए। राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। उपत्यकाको आकाश पूर्ण बदली रहेको छ।रासस

 

प्रकाशित मिति: २०२२-०४-३० , समय : २१:१७:३३ , ४ वर्ष अगाडि

error: Content is protected !!