बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

Desk 3581  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ५ को मृत्यु भइसकेको छ। यो कूल संक्रमितको १.२ प्रतिशत हो। कोरोना सुरु भएयता पीसीआर विधिबाट ५८ लाख ९३ हजार ५३० र एन्टिजेनबाट १३ लाख ६१ हजार ४८४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ लाख ९७ हजार ६६० र एन्टिजेनबाट १ लाख ५० हजार ७७३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ७६४ जना निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २८९१ रहेको छ।

प्रकाशित मिति: २०२२-०९-०२ , समय : १८:२१:२९ , ४ वर्ष अगाडि

error: Content is protected !!