बि.स. : २०८३ बैशाख २०, सोमबार

चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु

Aarya News Desk 2313  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

रौतहट । रौतहटको गरुडा नगरपालिका-३ मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जनाको मृत्युु भएको छ ।

गरुडा नगरपालिका-३ बस्ने रुपनरायाण सहनिको ३९ बर्षिय श्रीमती सुदनिया देवि , छोरी बर्ष १७ कि जगिया कुमारी र सोहि स्थान बस्ने सत्य नारायण सहनीकि छोरी बर्ष १८ कि मनिषा कुमारीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।मृतकहरु स्थानिय सरोज सहनीको धान खेतमा काम गर्दै थिए । मंगलवार बिहान करिब ८ बजेको समयमा एक्कासि चट्याङ खस्यो। चट्याङ लागेर गम्भीर घाईते भएकी सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो । तर होस्पीटलमा तिनै जनालाई मृत घोषणा गरिएको थियो।

चट्याङ खस्दा साथ मै काम गरिरहेकी स्थानीय सत्य नारायण सहनी कै श्रीमती बर्ष ४० कि सहेली देवि घाईते भएकी छिन।उनको उपचार भईरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०२२-०८-३० , समय : ११:०५:३५ , ४ वर्ष अगाडि

error: Content is protected !!