बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

धमला होटलमा एक युवती मृत फेला

आर्य न्युज 4228  पटक हेरिएको

धनगढी १७ बैशाख ।  कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की-चुहा नगरपालिका वडा नम्बर – ३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।

आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले बताए ।उपाध्यायका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०४-३० , समय : २०:२९:३९ , ४ वर्ष अगाडि

error: Content is protected !!