बि.स. : २०८३ कार्तिक २०, बिहिबार

आजको मौसम : कोशी सहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

Aarya News Desk 27595  पटक हेरिएको

देवानगञ्ज। आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चार प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

मंगलबार र बुधबार पनि मौसम पूर्ण रूपमा खुल्ने अवस्था देखिएको छैन। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका धेरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

भारी वर्षा हुनसक्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा सडक यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति: २०२६-०९-०७ , समय : १०:१५:१२ , २ महिना अगाडि

error: Content is protected !!