बि.स. : २०८३ जेठ २७, बुधबार

राष्ट्रपति ‘रबरस्ट्याम्प’ बनेको ओलीको आरोप, लोकतन्त्र कमजोर बनाइएको दाबी

Aarya News 3798  पटक हेरिएको

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाउँदै संविधानको संरक्षक संस्थालाई प्रभावकारी ढंगले प्रयोग नगरिएको आरोप लगाएका छन्।

एमालेद्वारा आयोजित दुई दिने कार्यशालालाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेल संविधानको रक्षक र पालकको भूमिकामा दृढतापूर्वक उभिन नसकेको टिप्पणी गरे। उनले राष्ट्रपति कार्यालय आवश्यक संवैधानिक परीक्षण गर्ने थलो बन्नुपर्नेमा ‘रबरस्ट्याम्प’ जस्तै बनेर निर्णयहरू अनुमोदन गर्ने अवस्थामा पुगेको आरोप लगाए।

ओलीले प्रतिनिधिसभा विघटनलगायतका विगतका राजनीतिक घटनाक्रम उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई क्रमशः कमजोर बनाउने काम भएको दाबी गरे। राष्ट्रपति पक्षबाट लोकतन्त्र जोगाएको दाबी गरिए पनि व्यवहारमा लोकतान्त्रिक प्रक्रियामाथि आघात पुगेको उनको भनाइ थियो।

सम्बोधनका क्रममा उनले नेकपा एमाले लोकतन्त्र, सुशासन, शान्ति र जनहितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक प्रणालीमाथि हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए।

प्रकाशित मिति: २०२६-०६-०३ , समय : १४:०१:३१ , ७ दिन अगाडि

error: Content is protected !!