सर्लाही। नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
सर्लाहीको पर्सा गाउँपालिका–१ सितलपुर टोल नजिक मंगलबार दिउँसो प्रहरीले गस्ती गर्ने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषको शव फेला पारेको हो।
मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। शवबाट ‘जगन राउत’ लेखिएको बाला, भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिएको छ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: २०२६-०५-२७ , समय : ११:०३:३५ , २ हप्ता अगाडि