बि.स. : २०८३ साउन ०९, शनिबार

ऐरी फेरि एकपटक नेपाली टोलीका संकटमोचक बने

Aarya News Desk 11592  पटक हेरिएको

काठमाडौं। दिपेन्द्र सिंह ऐरी फेरि एकपटक नेपाली टोलीका संकटमोचक बनेका छन्।

आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै केवल २९ बलमै अर्धशतक पूरा गरे। दिपेन्द्रले मैदानभर आकर्षक सट खेल्दै ४ चौका र ३ छक्का प्रहार गरेका थिए।

४६.३ ओभरमा उनलाई जीवनदान पनि मिल्यो। सौरभ नेत्रभाल्करको बलमा साइतेजाले सजिलो क्याच छुटाउँदा दिपेन्द्रले त्यसको पूरा फाइदा उठाए। यसै संगै एक दिवसीय अन्तर्राष्ट्रियमा नवौं अर्धशतक पूरा गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-२२ , समय : १४:०४:२७ , २ महिना अगाडि

error: Content is protected !!