बि.स. : २०८३ साउन १६, शनिबार

तालिममै जवानहरू ढलेपछि शिक्षालयमा तनाव

Aarya News Desk 2580  पटक हेरिएको

टीकापुर। टीकापुरमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमका क्रममा सात जना जवान अचानक बेहोस भएका छन्। सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा दुई सय मिटर दौडिने क्रममा उनीहरू बेहोस भएका हुन्।

बेहोसमध्ये एक जनाको टीकापुर अस्पतालमै उपचार भइरहेको छ भने अन्य ६ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। रिफर गरिएकामध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने बाँकी चार जनालाई पनि काठमाडौं लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ।

बेहोस भएका प्रहरी जवानहरूको परिचय भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २०२६-०५-२२ , समय : १२:४९:४३ , २ महिना अगाडि

error: Content is protected !!