बि.स. : २०८२ चैत्र २६, शुक्रबार

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ को इजरायलविरुद्ध टिप्पणीपछि पोस्ट डिलिट

AARYA NEWS DESK 1079  पटक हेरिएको

काठमाडौं। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले इजरायलविरुद्ध गरेको कडा टिप्पणीपछि सामाजिक सञ्जालमा राखिएको पोस्ट हटाएका छन्। ‘मानवताका लागि श्राप’ भन्दै इजरायल को आलोचना गरेपछि उत्पन्न कूटनीतिक विवादका कारण उनले पोस्ट डिलिट गरेका हुन्।

उक्त टिप्पणी सार्वजनिक हुनासाथ बेन्जामिन नेतन्याहु नेतृत्वको इजरायली प्रधानमन्त्री कार्यालयले कडा आपत्ति जनाएको थियो। इजरायलले यस्तो अभिव्यक्तिलाई ‘अपमानजनक’ मात्र नभई कूटनीतिक मर्यादा विपरीत भएको बताउँदै, आफूलाई शान्तिका पक्षधर बताउने राष्ट्रबाट यस्तो टिप्पणी अस्वीकार्य हुने प्रतिक्रिया दिएको थियो।

रक्षामन्त्री आसिफले ‘एक्स’ (ट्विटर) मार्फत मध्यपूर्वमा भइरहेको हिंसाप्रति चिन्ता व्यक्त गर्दै गाजा, इरान र लेबनानमा बढ्दो रक्तपातप्रति इजरायललाई दोष दिएका थिए। उनले निर्दोष नागरिकमाथि आक्रमण भइरहेको आरोप समेत लगाएका थिए।

इजरायलको कडा प्रतिक्रिया र कूटनीतिक दबाबपछि पोस्ट हटाइएको भए पनि उक्त घटनाले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।

प्रकाशित मिति: २०२६-०४-१० , समय : १३:५९:३९ , २ घन्टा अगाडि

error: Content is protected !!