बि.स. : २०८२ चैत्र १८, बिहिबार

मकवानपुरमा चट्याङ : एकको ज्यान गयो, एक घाइते

Aarya News Desk 1636  पटक हेरिएको

मकवानपुर। बागमती गाउँपालिका–१ मा परेको चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार अजय पहरीको चट्याङ लागेर मृत्यु भएको हो। साथै, उक्त घटनामा उज्ज्वल थोकर घाइते भएका छन्।

घाइते थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : १३:१५:१७ , १ दिन अगाडि

error: Content is protected !!