बि.स. : २०८२ चैत्र १८, बिहिबार

सवारी दुर्घटनाले दुई परिवारमा शोक

AARYA NEWS DESK 2356  पटक हेरिएको

कपिलवस्तुमा भएका दुई फरक सवारी दुर्घटनाले दुई परिवारमा शोक थपेको छ।

जिल्लाको कपिलवस्तु नगरपालिका–९, जगदीशपुरस्थित जर्लैया जाने चोक नजिक टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। लु २ ख ६४५५ नम्बरको टिपरले ठक्कर दिँदा परीक्षा दिएर घर फर्किँदै गरेकी ९ वर्षीया आशिका खत्रीको मृत्यु भएको हो।

यस्तै, कृष्णनगर क्षेत्रमा पनि अर्को दुर्घटना भएको छ। चन्द्रौटाबाट कृष्णनगरतर्फ जाँदै गरेको रा १ ख २१४२ नम्बरको बसले ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१० का डिल्लीराम थारूको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि दुवै स्थानमा स्थानीयवासीमा दुःख र आक्रोश देखिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२६-०३-३१ , समय : २२:३७:४९ , २ दिन अगाडि

error: Content is protected !!