बि.स. : २०८२ चैत्र १८, बिहिबार

मध्यराति त्रासदी : धादिङमा बस खस्दा १७ को मृत्यु

AARYA NEWS DESK 8230  पटक हेरिएको

धादिङको भैंसिगौडामा सोमबार मध्यराति भएको बस दुर्घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पृथ्वी लोकमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस त्रिशुली नदी किनारमा खस्दा १७ जनाको ज्यान गएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले दुर्घटना राति करिब १:३० बजे भएको जानकारी दिएका छन्। उनका अनुसार मृतकहरूको शव घटनास्थलमै फेला परेको छ।

दुर्घटनामा घाइते भएका २४ जनालाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासी सक्रिय रहेका थिए। विपद् व्यवस्थापन बेस आदमघाटबाट गोताखोर टोलीसमेत खटाइएको छ।

मृतकहरूको सनाखत प्रक्रिया जारी रहेको र दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०२-२३ , समय : ०७:४७:१८ , १ महिना अगाडि

error: Content is protected !!