बि.स. : २०८२ माघ २६, सोमबार

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले भाडा वृद्धि गर्न पुनः आन्दोलनको घोषणा गरे

Desk 3768  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर। नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो।

पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक/पटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ । भदौ १ गतेसम्म भाडा वृद्धि नगरिए २ गते देखि यथास्थीतिमा पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । हालको ढुवानी भाडाबाट ट्याङकर सञ्चालन गर्न नसकिने महासंघको निष्कर्ष छ ।

यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-११ , समय : १५:४१:३५ , ४ वर्ष अगाडि

error: Content is protected !!