बि.स. : २०८२ माघ २६, सोमबार

ब्राउन सुगर कारोबारमा संलग्न ३ जना प्रहरीको फन्दामा

आर्य न्युज सम्वाददाता 3161  पटक हेरिएको

सुनसरी । लागूऔषध कारोबारविरुद्ध सक्रिय बनेको प्रहरीले सुनसरीबाट ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

माघ २० गते कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–६ क्षेत्रमा गरिएको कारबाहीका क्रममा धनकुटा नगरपालिका–९ का सुक्दिप राई र सहिदभूमि गाउँपालिका–४ का साजन राईको साथबाट १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। सोही क्रममा सप्तरीका ईश्वर प्रसाद भगतको साथबाट ३ ग्राम ०४ मिलिग्राम ब्राउन सुगर फेला परेको छ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०२६-०२-०४ , समय : १३:०१:३८ , ५ दिन अगाडि

error: Content is protected !!