बि.स. : २०८२ आषाढ २४, बुधबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

गीत गजल’मा मध्यराति भारतीय नागरिकले छुरा आतंक मच्चाए

Aarya News Desk 1072  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

विराटनगर । विराटनगरको एउटा ‘गीत गजल’मा बुधबार मध्यराति भारतीय नागरिकले छुरा आतंक मच्चाएका छन् । प्रहरीका अनुसार ग्राहाक बनेर विराटनगर महानगरपालिका–११ नयाँ गुद्रीस्थित लोटस गीत गजलमा छिरेका तीन जना भारतीय नागरिकले राति ११:१५ बजेतिर छुरा आतंक मच्चाएका हुन् ।

‘गीत गजल’मा केही समय खानपिन गरेर बसेका उनीहरुले पैसा तिर्ने बेलामा विवाद गर्दै कामदारमाथि छुरा हानेका हुन् । छुरा प्रहारबाट गीत गजलका कामदार विराटनगर–१५ का २२ वर्षीय सोनु साह घाइते भएका छन् । पेटमा चोट लागेका उनको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । अत्यधिक रक्तश्राव भए पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार विन्देश्वर यादवले सञ्चालन गरेको गीत गजलमा खानपिन गरेको पैसा तिर्ने विषयलाई लिएर भारतीयले विवाद गरेका थिए ।

विवादका क्रममा आफूसँग रहेको छुरा निकालेर कामदारमाथि प्रहार गरेको पाइएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार छुरा प्रहार गर्नेमध्ये भारत टिकुलियाका २१ वर्षीय विक्की पोदारलाई पक्राउ गरिएको छ । छुरा प्रहार गरेर भाग्दै गरेका बेला लडेका पोदारलाई वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी दीपेन्द्र पञ्जीयार थारु नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्न अन्य दुई जना फरार भएका छन् । फरार भएकाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । गीत गजलका कामदारमाथि पोदारले छुरा प्रहार गरेको र अरु दुई जनाले उनलाई साथ दिएको प्रहरीले जनाएको छ । ‘ग्राहाक बनेर आएका भारतीय नागरिकले खानपिन गरेको पैसा तिर्ने विषयलाई लिएर विवाद गरेछन् । उनीहरुलाई गीत गजलका कामदारले बाहिर निकाल्न खोज्दा झन् विवाद बढ्यो,’ डीएसपी श्रेष्ठले भने, ‘त्यसपछि आफूसँग रहेको छुरा निकालेर एक्कासि कामदारको पेटमा प्रहार गरेको पाइयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२२-०८-११ , समय : ०९:१५:१६ , ३ वर्ष अगाडि

error: Content is protected !!