बि.स. : २०८२ माघ २६, सोमबार

सुनसरीमा ठूलो परिमाणको गाँजा बरामद, मोटरसाइकल नियन्त्रणमा

Aarya News Desk 6061  पटक हेरिएको

देवानगञ्ज । सुनसरीको देवानगञ्ज क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय साहेवगञ्जबाट खटिएको टोलीले बेवारिसे अवस्थामा फेला परेको एक मोटरसाइकलबाट २१ केजी लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो।

घटनाक्रम अनुसार मिति २०८२/१०/०५ गते साँझ करिब ७ बजे देवानगञ्ज गाउँपालिका–४ अन्तर्गत पालटोल जाने कल्भर्ट नजिक BR 50R 3818 नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा फेला परेको थियो। जाँचका क्रममा मोटरसाइकलमा राखिएको सेतो बोरा खोली हेर्दा २१ पोकामा प्याक गरिएको २१ केजी गाँजा भेटिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषध तथा मोटरसाइकललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ भने फरार रहेका मोटरसाइकल चालक तथा धनीको पहिचान र खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-२० , समय : १८:१९:५३ , ३ हप्ता अगाडि

error: Content is protected !!