बि.स. : २०८२ माघ २६, सोमबार

सामान्य विवादले लियो ज्या’न, छुरी प्र’हा’र गरी ह’त्या गरेको आरोपमा ८२ वर्षीय वृद्ध पक्राउ

कोशी प्रदेश सम्वाददाता / आर्य न्युज 6082  पटक हेरिएको

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ खामेलकमा सामान्य भनाभनले उग्र रूप लिँदा एक युवकको ज्यान गएको छ। छुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ८२ वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ३६ वर्षीय प्रेमराज आङदेम्बे र ८२ वर्षीय वर्ण सिंह आङदेम्बेबीच मंसिर २८ गते घरमै भएको विवाद चर्किँदै जाँदा वर्ण सिंहले प्रेमराजमाथि छुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएका प्रेमराजको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै वर्ण सिंह आङदेम्बेलाई छुरीसहित नियन्त्रणमा लिएको थियो।

घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-१२-१५ , समय : २१:१४:३५ , २ महिना अगाडि

error: Content is protected !!