बि.स. : २०८२ आषाढ २४, बुधबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुरक्षा निकाय गाँजा समाउने तर्फ केन्द्रित भइरहेको बेला राज्यलाई हानी हुने खालको बस्तु ओसारपोसार गर्ने समुह सक्रिय हुदै

राजीव कुशवाहा 1250  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर। प्रदेश एक प्रहरी कार्यालयका सादा पोसाक प्रहरीहरुको ध्यान गाँजा समाउने अभियान तर्फ केन्द्रित हुदै गइरहेको छ।

 

यो अभियानलाई सफल पार्नको लागि मोरङको सुरक्षाकर्मीको एकाईले पनि सहयोग गर्दै आइरहेको छ।  सावन १ गते देखि अहिले सम्ममा २ सय ५० किलोग्राम भन्दा बढी गाँजा पक्राउ गरि सकेको छ।  उक्त गाँजाहरु नेपाल बाट भारत तर्फ लाने क्रममा पक्राउ गरेको हो।  सुरक्षा निकायको ध्यान गाँजा समाउने तर्फ केन्द्रित भइरहेको बेला कपडा ,मोटर पार्ट्सका समानहरु ,लागूऔषध  गर्नेको समुह पनि सक्रिय हुदै गएका छन्।

 

बिराटनगर -१५ दरैया स्थित उखुबारीबाट समान ओसारपोसार गर्नै समुहले आफ्नो काम गरि रहेको छ।  यस बिषयमा प्रदेश एक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, सशस्त्र प्रहरी बल बि.ओ.पी. पनि अनविज्ञ छैन।  यसलाई न्यूनीकरण गर्नका लागि बिराटनगर -१२  सम्पन्न (सुकुम्वासी )बस्तिलाई समेत ध्यानमा राखी त्यस क्षेत्रमा सुरक्षाकर्मीको एकाई स्थापना गरि राख्नु पर्ने देखिन्छ।

 

उक्त क्षेत्रबाट समान ओसारपोसार गर्ने समुह वा व्यक्तिले राज्यलाई हानी हुने खालको बस्तुहरु न ल्याउलान भन्न सकिदैन।   यस बिषयमा सम्बन्धित निकायको ध्यान समय मै जानु जरुरि रहेको देखिन्छ।

प्रकाशित मिति: २०२२-०८-१० , समय : २१:०२:०८ , ३ वर्ष अगाडि

error: Content is protected !!