बि.स. : २०८२ माघ २६, सोमबार

विराटनगरमा विशेष कार्यक्रमसहित राजा महेन्द्र स्मरण दिवस मनाइने

AARYA NEWS DESK 4124  पटक हेरिएको

विराटनगर। श्री ५ महेन्द्र चिर स्मरण समिति मोरङले स्वर्गीय राजा महेन्द्रको योगदानको स्मरण गर्दै स्मरण दिवस मनाउने भएको छ।

समितिका अनुसार पुस १ गते विराटनगरस्थित महेन्द्रचोकमा मेनबत्ती बालेर राजा महेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। सो अवसरमा महेन्द्रको राजनीतिक तथा विकास–निर्माण क्षेत्रमा रहेको भूमिकाबारे पनि चर्चा–परिचर्चा हुने बताइएको छ।

समितिसँग नजिक स्रोतका अनुसार यस वर्ष विगतका वर्षभन्दा फरक र विशेष ढंगले स्मरण दिवस आयोजना गर्ने तयारी भइरहेको छ। वर्तमान परिस्थितिको विश्लेषण गर्दा राजा महेन्द्रले २०१७ साल पुस १ गते चालेको कदम तत्कालीन समयको सन्दर्भमा उपयुक्त निर्णय रहेको धारणा कार्यक्रममार्फत प्रस्तुत गरिने समितिले जनाएको छ।

प्रकाशित मिति: २०२५-१२-१० , समय : २२:२६:५५ , २ महिना अगाडि

error: Content is protected !!