बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका निर्वाचित जनप्रतिनिधिहरुलाई दुई दिन प्रशिक्षण दिने

Desk 1762  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाई/शुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम यही साउन ३० र ३१ गते ललितपुरमा हुने पार्टी कार्यालयले जनाएको छ । अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन, २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यक्रमका लागि साउन २९ गते बिहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीको नाम दर्ता गरिने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १७:५२:१० , ३ वर्ष अगाडि

error: Content is protected !!