बि.स. : २०८२ माघ २६, सोमबार

मोरङमा ‘स्वर्ण बिन्दु प्राशन’ खोप कार्यक्रम सञ्चालन हुने

राजीव कुशवाहा 15258  पटक हेरिएको

विराटनगर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ, विराटनगरले ‘स्वर्ण बिन्दु प्राशन’ खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आयुर्वेद पद्धतिद्वारा तयार गरिएको यो विशेष औषधिय खोप एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन खुवाइनेछ।

स्वर्ण बिन्दु प्राशनले बालबालिकाको बुद्धि, स्मरणशक्ति,बाणी सुधार, पाचनशक्ति तथा शारीरिक बलमा वृद्धि गर्नका साथै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउने विश्वास गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख प्रमोद चौधरीका अनुसार, स्वर्ण बिन्दु प्राशन भन्नाले सुनको भस्म, औषधीय तत्व मिसाइएको घिउ र महको मिश्रण हो। यसलाई थोपा स्वरूपमा बालबालिकालाई खुवाइने र पहिलोपटक कार्तिक २५ गते खुवाइने तयारी भइरहेको छ।

उनका अनुसार आयुर्वेद पद्धतिबाट मानव स्वास्थ्यमा देखिने जटिल रोगहरू समेत उपचार गर्न सकिने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२५-११-०८ , समय : १८:१८:४३ , ३ महिना अगाडि

error: Content is protected !!