बि.स. : २०८२ माघ २६, सोमबार

शक्तिशाली आँधी ‘मालिसा’ अब क्युबातर्फ

AARYA NEWS DESK 5360  पटक हेरिएको

जमैका । जमैकामाथि गुज्रिएको शक्तिशाली समुद्री तुफान ‘मालिसा’ अहिले क्युबातर्फ अघि बढिरहेको छ। इतिहासमै जमैकालाई असर गर्ने सबैभन्दा शक्तिशाली आँधीका रूपमा यसलाई चिनिएको छ।

मालिसा अहिले श्रेणी ४ को आँधीमा रूपान्तरण भएको छ। क्युबामा यसको प्रभाव बढ्ने चेतावनीसँगै त्यहाँ हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

आँधी जमैकामाथि गुज्रिँदा तीन जनाको ज्यान गएको पुष्टि भएको छ भने धेरै क्षेत्रमा सडक, बिजुली र संचार सेवा अवरुद्ध भएका छन्। मौसमविद्हरूका अनुसार आँधीको गति अझै तीव्र भइरहेकाले अन्य क्यारिबियन क्षेत्रहरूमा पनि यसको प्रभाव पर्ने सम्भावना छ।

प्रकाशित मिति: २०२५-१०-२९ , समय : १५:१३:०४ , ३ महिना अगाडि

error: Content is protected !!