बि.स. : २०८३ जेठ २७, बुधबार

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, चाँदीको भाउमा सामान्य गिरावट

AARYA NEWS DESK 29296  पटक हेरिएको

देवानगञ्ज । नेपाली सुन बजारमा फेरि एकपटक ऐतिहासिक मूल्यवृद्धि देखिएको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा पुग्दै हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार यो मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ थियो।

दैनिक रुपमा परिवर्तन भइरहने बहुमूल्य धातुहरूको मूल्यमा सुनले तिर्दै गरेको यो उचाईले बजारलाई नयाँ संकेत दिएको छ। मूल्य वृद्धिको यो क्रमलाई हेर्दा अबको केही दिनमा प्रतितोला २ लाख ५० हजार पार गर्ने अनुमान गरिँदैछ।

यता, चाँदीको बजार भने केही ओरालो लागेको छ। बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा झरेको छ, जुन मंगलबारको ३ हजार ३२५ रुपैयाँभन्दा ८५ रुपैयाँ कम हो।

एकातिर सुनले लगानीकर्तालाई आकर्षित गरिरहेको छ भने अर्कातिर चाँदीको मूल्यमा आएको गिरावटले बजारमा मिश्रित संकेत देखिएको छ।

 

प्रकाशित मिति: २०२५-१०-१५ , समय : १३:३४:१४ , ८ महिना अगाडि

error: Content is protected !!