बि.स. : २०८२ माघ २६, सोमबार

मोरङमा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, फरार दुई अभियुक्त पक्राउ

AARYA NEWS DESK 4916  पटक हेरिएको

विराटनगर। मोरङको ग्रामथान गाउँपालिकामा एक १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ग्रामथान गाउँपालिका–४, मोतिपुरबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रंगेली नगरपालिका–१ का २२ वर्षीय आपताब माझी थारु र २५ वर्षीय भोला चौधरी रहेका छन्।

उनीहरूलाई असोज १७ गते राति ग्रामथान गाउँपालिका–४ मर्चेनिया टोलको बाँसघारी क्षेत्रमा आंशिक मानसिक असन्तुलन भएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।

पीडितकी बुबाले पाँच दिनपछि, असोज २२ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो। घटनापछि फरार रहेका आरोपितहरूलाई अनुसन्धानपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल दुवै अभियुक्त इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

 

प्रकाशित मिति: २०२५-१०-१५ , समय : ०८:२७:५० , ४ महिना अगाडि

error: Content is protected !!