बि.स. : २०८३ साउन ०९, शनिबार

सुनसरीमा बेवारिसे अवस्थामा १८ बोरा गाँजा बरामद

आर्य न्युज सम्वाददाता 29618  पटक हेरिएको

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनाराबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

चाडपर्वको अवसरमा विशेष सुरक्षा गस्ती सञ्चालन भइरहेका बेला अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले राति करिब २ बजे सडक छेउमा प्लास्टिकका १८ बोरा वेवारिसे अवस्थामा छाडिएको अवस्थामा गाँजा भेट्टाएको हो। ती बोरामा प्याक गरी राखिएको ६ सय ३७ किलो ४५ ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

गाँजा बरामदसँगै ओसार–पसारमा संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०९-२८ , समय : ११:२७:३२ , १० महिना अगाडि

error: Content is protected !!