बि.स. : २०८२ माघ २६, सोमबार

ज्योति विकास बैंकले इलाका प्रहरी कार्यालय पकलीलाई कम्प्युटर र प्रिन्टर सहयोग

आर्य न्युज सम्वाददाता 14747  पटक हेरिएको

सुनसरी । ज्योति विकास बैंक झुम्का शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय पकलीलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेको छ ।

गत भदौ २४ गते इटहरीमा भएको ‘जेनजी आन्दोलन’ का क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय पकलीलाई दैनिक कार्य सम्पादनमा सहजता होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

बैंकका झुम्का शाखा प्रमुख प्रकाश पराजुलीले बिहीबार प्रहरी निरीक्षक लेखनाथ दाहाललाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको बैंकका कर्मचारी गोपाल मेहताले जानकारी दिनुभयो ।

‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीका विभिन्न स्थानीय तहका कार्यालय र संरचनासहित २८ वटा सरकारी तथा निजी सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक विवरण छ । इटहरी उपमहानगरपालिका, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशीलगायतका स्थानीय तहका कार्यालय तथा वडा कार्यालय, इलाका प्रहरी कार्यालय इटहरी र पकली, साथै विभिन्न जनप्रतिनिधिहरूका घरमा तोडफोड र आगजनी भएको थियो । सो आन्दोलनमा दुई जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२५-०९-२५ , समय : २१:५८:३८ , ५ महिना अगाडि

error: Content is protected !!