बि.स. : २०८२ माघ २६, सोमबार

मोरङमा नेपाल कुशवाहा कल्याण समाजको ८औं जिल्ला अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 8565  पटक हेरिएको

मोरङ । नेपाल कुशवाहा कल्याण समाज, मोरङको ८औं जिल्ला अधिवेशन तथा लवकुश जन्मोत्सव मोरङको कटहरीस्थित आफ्नै सामुदायिक भवनमा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ। कुशे औंसीको अवसर पारेर शनिबार प्रारम्भ भएको अधिवेशन आइतबार बिहान नयाँ नेतृत्व चयनसँगै सम्पन्न भएको हो।अ

धिवेशनको उद्घाटन जिल्ला अध्यक्ष हरिनारायण महतोको अध्यक्षतामा तथा समाजका केन्द्रीय अध्यक्ष राकेश मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष द्वय राजकुमार सिंह र मनोज सिंह, महासचिव जय प्रकाश महतो, सचिव भरत महतो, पूर्व उपाध्यक्ष परमानन्द मेहता, केन्द्रीय सदस्यहरु रेनु सिंह, डा. सियाराम कुशवाहा, धर्मलाल सिंह, वडा अध्यक्ष जिवनेश्वर यादव, गोकुल भट्टराई, केवल समाजक राधे कामत लगायतका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

अधिवेशनले निवर्तमान सहसचिव मन्जय कुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्य समिति र ७ सदस्यीय केन्द्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ। सर्वसम्मत नेतृत्व चयन हुनु समाजभित्रको एकता र सहकार्यको उत्कृष्ट उदाहरण भएको सहभागीहरुले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले कुशवाहा समुदायको सामाजिक, सांस्कृतिक र शैक्षिक उत्थानका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरुले समाजलाई संगठित गर्दै अधिकारका सवालमा दृढतापूर्वक आवाज उठाउने प्रतिवद्धता जनाए। केन्द्रीय अध्यक्ष राकेश मेहताले समाजले स्थानीयदेखि केन्द्रसम्मका संरचना सुदृढ गर्दै देशभर प्रभावकारी गतिविधि अगाडि बढाइरहेको बताए। उनले नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, युवा परिचालन, महिलाको सहभागिता र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।

लवकुश जन्मोत्सवको अवसर पारेर गरिएको अधिवेशनमा वक्ताहरुले सत्य, न्याय र समानताको बाटो अवलम्बन गर्दै समाजलाई अझ सशक्त र संगठित बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पदाधिकारी र अतिथिहरुले नव–निर्वाचित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रकाशित मिति: २०२५-०८-२४ , समय : १६:३३:४६ , ६ महिना अगाडि

error: Content is protected !!