बि.स. : २०८२ चैत्र १९, शुक्रबार

मोरङ चेम्बर अफ कमर्सको अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन

भोजराज घिमिरे 4038  पटक हेरिएको

विराटनगर। मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाले शिवप्रसाद रिजाललाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ। सर्वसम्मत वातावरणमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति पनि गठन गरेको हो।

नयाँ नेतृत्वमा घनश्याम कवरा र तुलसीप्रसाद पोखरेल उपाध्यक्ष चयन भएका छन् भने महासचिवमा कृष्णप्रसाद दाहाल, सचिवमा हरिबहादुर श्रेष्ठ, कोषाध्यक्षमा मनोजकुमार मिश्र र सह–कोषाध्यक्षमा देवेन्द्रबहादुर बस्नेत रहेका छन्।

त्यस्तै, कार्यसमिति सदस्यमा अञ्जली देवी श्रेष्ठ, विजय सुरना, दुर्गा रेग्मी, जुगलकिशोर राठी, विकास लालवानी, रितेश खनाल, सीता देवी पराजुली, सुरेशकुमार भट्टराई, सुवासप्रसाद रिजाल र चिरञ्जीवी पराजुली चयन भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि रिजालले व्यवसायीहरूका हितका लागि प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले चेम्बरलाई व्यवसायमैत्री र सक्रिय संस्था बनाउने लक्ष्य लिएको बताए।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निवर्तमान अध्यक्ष यदव पोखरेलले माला र अबिर लगाएर स्वागत गरेका थिए। उनले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चेम्बरको आगामी कार्यकाल सफल, प्रभावकारी र सबै व्यापारीका लागि लाभदायी हुने विश्वास व्यक्त गरे।

निर्वाचन अधिकृतका रूपमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न गराउँदै परिणामको औपचारिक घोषणा गरेका थिए।

प्रकाशित मिति: २०२५-०८-०५ , समय : ०९:१७:४६ , ८ महिना अगाडि

error: Content is protected !!