बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

प्रतिबन्धित औषधीको ठूलो भण्डारणसहित एक युवक पक्राउ

Aarya News Desk 5307  पटक हेरिएको

झापा । झापाको बिर्तामोड नगरपालिका–५ स्थित एउटा भाडाको कोठाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित एक युवक पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेले बिर्तामोडमा कोठा भाडामा लिएर औषधी भण्डारण गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा मारेको हो।

विशेष सूचनाका आधारमा असार १ गते अस्थायी प्रहरी पोस्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले सो कोठाबाट लाखौँ संख्यामा क्याप्सुल, ट्याब्लेट र इन्जेक्सन बरामद गरेको छ। तीमध्ये ट्रामाडोल, डाइक्लोमाइन, सिल्डेनाफिल जस्ता औषधी रहेका छन्, जुन नियन्त्रणमा नराखी प्रयोग गर्न नपाइने सूचीमा पर्ने गर्छन्।

भाडामा लिएको कोठामा ठूलो मात्रामा औषधी भण्डारण गरी राखिएको अवस्थामा फेला परेका घिमिरेमाथि अहिले थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०२५-०७-१८ , समय : १९:१६:०७ , ११ महिना अगाडि

error: Content is protected !!