बि.स. : २०८२ माघ २७, मंगलबार

कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ

सबिन यादव 3358  पटक हेरिएको

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार मेयर साहलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार साहले नगरपालिकामा २० लाख रुपैयाँ बजेटमा निर्माण भएको नालाको योजनामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए। उपभोक्ता समितिले मागअनुसार रकम दिन नसक्दा मेयर साहले योजनाको चेक रोकेका थिए।

एक साता लामो बार्गेनिङपछि उनले चेक बुझ्नु अघि कम्तीमा एक लाख रुपैयाँ अग्रिम दिन र बाँकी रकम चेक भुक्तानी भएपछि दिन उपभोक्ता समितिलाई निर्देशन दिएको बताइएको छ।

अहिले अख्तियारको टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेर मुचुल्का लगायत कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन्।

 

साभार : Newsbureau

प्रकाशित मिति: २०२५-०७-१६ , समय : १५:४९:१७ , ७ महिना अगाडि

error: Content is protected !!