बि.स. : २०८२ माघ २६, सोमबार

राष्ट्रिय परीक्षा बोर्डले आजै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

Aarya News Desk 8058  पटक हेरिएको

देवानगञ्ज। राष्ट्रिय परीक्षा बोर्डले आजै एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको निर्णय लिन आज बैठक बस्ने जानकारी दिएका छन्। यद्यपि बैठकको सठिक समय भने अझै टुंगो लागेको छैन।

बोर्ड स्रोतले दिएको जानकारीअनुसार आज अपरान्ह ५ बजे बैठक बस्ने सम्भावना छ, र यदि सबैकुरा योजनाअनुसार अघि बढ्यो भने, आजै नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धि समूहमा ६७ हजार ७१५ जना सहभागी थिए। जम्मा परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।

प्रकाशित मिति: २०२५-०६-२७ , समय : ०९:३०:५६ , ८ महिना अगाडि

error: Content is protected !!