बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुनसरीमा लागुऔषध गाँजासहित दुई जना पक्राउ

Aarya News Desk 2912  पटक हेरिएको

सुनसरी। सुनसरीमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। चतराबाट प्रकाशपुरतर्फ गइरहेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुवरका अनुसार को.३७ प.१२५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको साथबाट ३४ किलो गाँजा फेला परेको हो।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–८ का धिरज राई र लोकेन्द्र राई रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: २०२५-०६-२६ , समय : १०:३९:५९ , १ हप्ता अगाडि

error: Content is protected !!