
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा आइतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा घाइते भएकी महिला हिरा मेघाको उपचारका क्रममा मृत्यु भएको हो।
असार ३ गते दिउँसो साढे ३ बजे दुर्घटना भएको हो। प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ मा बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठकी श्रीमती ४५ वर्षीया हिरा मेघा घाइते भएकी थिइन्।
गम्भीर अवस्थामा रहेकी उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसके पनि मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२५-०६-१८ , समय : ११:४७:२२ , २ हप्ता अगाडि