बि.स. : २०८२ माघ २६, सोमबार

हुम्लाको सर्केगाडमा भीषण आगलागी, आठ घर पूर्ण रूपमा नष्ट

आर्य न्युज 3268  पटक हेरिएको

File Photo

विराटनगर। हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति लागेको भीषण आगलागीमा आठ घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

स्थानीय विर्ख रावतको घरको गोठबाट सुरु भएको आगो नियन्त्रणमा आउन नसक्दा बस्तीका अन्य घरहरूमा समेत फैलिएको हो। आगलागी बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको थिएन। हालसम्म आगलागीको कारण खुल्न सकेको छैन।

पीडित धनबहादुर रावतका अनुसार,

“घरमा भएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नागरिकता, लालपुर्जा, अन्य महत्वपूर्ण कागजात र नगदसमेत सबै जलेर नष्ट भएको छ।”

जलेर नष्ट भएका घरहरूमा विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको नाम उल्लेख गरिएको छ।

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शङ्कर पोखरेलले जानकारी दिनुभयो।

सौभाग्यवश, घटनामा मानवीय क्षति नभएको जनाइएको छ। यद्यपि, पूर्ण विवरण आगो नियन्त्रणपछि मात्र उपलब्ध हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०६-१६ , समय : ०८:३८:२८ , ८ महिना अगाडि

error: Content is protected !!