बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले निर्वाचनमा तालमेल गरे संविधानविपरित हुने: डा. रावल

Desk 1768  पटक हेरिएको

नेपालीमा पढ्नुहोस
Files Photo

काठमाडौं। नेकपा एमाले नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा नेता रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताए।

आजै बसेको गठबन्धनमा आवद्ध दलहरुले संघ र प्रदेश सभाको निर्वाचनसम्म तालमेल गर्ने निर्णय गरेका छन्। हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनको आरोप छ। रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित वातवरणमा गराउनुपर्नेमा जोड दिए। रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ति गरेको भन्दै विरोध जनाए। त्यस्तै रावलले निर्वाचनमा उम्मेदवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गरे।

उनले हिन्द प्रशान्त क्षेत्रमा शक्ति राष्ट्रहरुको बीचमा प्रतिष्पर्धा भइरहेको उल्लेख गर्दै ताइवानमा अमेरिकी सभामुखको भ्रमणपछि त्यहाँ तनाव उत्पन्न भएको पनि बताए । त्यस्तै, रावलले नागरिकतासम्बन्धी प्रावधान खुकुलो बनाइएकोमा आक्रोश व्यक्त गरे।

 

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १६:३२:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!