बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको ज्यान गयो, श्रीमती र छोरा गम्भीर

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 1774  पटक हेरिएको

विराटनगर। मोरङको कानेपोखरीमा शनिबार राति भएको एक दुखद मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको ज्यान गएको छ। घटनामा उनकी पत्नी र दुई वर्षीय छोरा गम्भीर घाइते भएका छन्।

इलामको प्रहरी चौकी जमुनामा कार्यरत प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरी पारिवारिक यात्रामा थिए। बेलबारी नगरपालिका–४ निवासी चौधरी शनिबार साँझ पथरीबाट कानेपोखरीतर्फ जाँदै गर्दा कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा पर्‍यो। दुर्घटना बेलुकी करिब ८ बजे भएको हो।

चौधरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी २६ वर्षीया पत्नी विमला धिमाल चौधरी र छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन्। दुबैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

विमला पनि इलामकै प्रहरी चौकी जमुनामा प्रहरी जवानको रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटना भएको मोटरसाइकलको नम्बर प्र १–०२–०४३ प २४७१ रहेको छ। डाइभर्सनको अवस्था कमजोर रहेको र दुर्घटनाको कारण मोटरसाइकल अनियन्त्रणमा आएको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : ११:३६:५२ , ३ हप्ता अगाडि

error: Content is protected !!