बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आइतबार : कोशी प्रदेशसहित यी प्रदेशमा भारी वर्षा हुने

आर्य न्युज सम्वाददाता 7279  पटक हेरिएको

देवानगञ्ज । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने पूर्वी र मध्य भूभागमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी प्रदेशको एकदुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। वर्षाको प्रभाव उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी हिमाली र उच्च पहाडी भूभागका एकदुई स्थानमा पनि यस्तो मौसमी गतिविधि देखिन सक्छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र अन्य उच्च पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले निरन्तरको वर्षाका कारण पहिरो, बाढी तथा जलस्रोतको बहावमा वृद्धि हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमअनुसारको तयारी र जानकारी लिएर मात्र अगाडि बढ्न विज्ञहरूले सुझाव दिएका छन्।

प्रकाशित मिति: २०२५-०६-१४ , समय : २२:४९:२९ , ३ हप्ता अगाडि

error: Content is protected !!