बि.स. : २०८२ माघ २७, मंगलबार

माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक

Desk 2185  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

बिराटनगर। माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले पत्रकार सम्मेलन गरी एसईई २०७८ को नतिजा सार्वजनिक गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षामा २२ हजार ६४० परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए। ३ हजार २८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएका छन्।

त्यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ रहेको छ। त्यस्तै २.० देखि २.४ जीपीए एक लाख १२ हजार ७३३, २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५९८ जना रहेको छ। त्यस्तै ६९ हजार विद्यार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ।

प्रकाशित मिति: २०२२-०७-२७ , समय : १६:५१:११ , ४ वर्ष अगाडि

error: Content is protected !!