बि.स. : २०८२ आषाढ १९, शुक्रबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

सुनसरीको एक उद्योगमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

आर्य न्युज / कोशी प्रदेश सम्वाददाता 8332  पटक हेरिएको

फोटो : इटहरी अनलाइन

इटहरी। सुनसरीको एक उद्योगमा भीषण आगलागी भएको छ।

इटहरी उपमहानगरपालिका वडा नं. १२ डुमाट्कास्थित तिरूपति प्लाइड उद्योगमा बुधबार बिहानको राति २ः३० बजेतिर भीषण आगलागी भएको हो। अहिले पनि आगो नियन्त्रणबाहिर रहेको छ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार, आगो नियन्त्रणका लागि हालसम्म सुनसरी र मोरङका विभिन्न पालिकाबाट आएका १० वटा दमकल परिचालन गरिएको छ। दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको छ।इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीको नेतृत्वमा खटिएको १७ जना प्रहरीको टोली घटनास्थलमा उद्दार तथा नियन्त्रण कार्यमा जुटिरहेको छ। यद्यपि आगो नियन्त्रणमा आउन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ।

“हाल आगो अन्य स्थानमा फैलने सम्भावना भने छैन,” डीएसपी भण्डारीले बताए।विराटनगर ५ निवासी वसन्त राठी र धरान निवासी विकास अटलले संयुक्त रूपमा सञ्चालन गर्दै आएका उक्त फ्याक्ट्रीमा आगो कसरी लाग्यो भन्ने विषयमा हालसम्म यकिन खुल्न सकेको छैन। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रहरी र उद्योग सञ्चालकबीच समन्वयमा रहेर आगलागीको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।

प्रकाशित मिति: २०२५-०५-२८ , समय : ०८:२५:३८ , १ महिना अगाडि

error: Content is protected !!